१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट ३ जना पक्राउ

कञ्चनपुर – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-२ भौसडी बस्ने ३७ वर्षीय सादु राम राना, ३३ वर्षीय हरि शंकर वोट र २० वर्षीय दिपक वोटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सादु राम रानाले ती किशोरीलाई गत भाद्र महिनामा ललाई फकाई सोही ठाउँस्थित उखुवारीमा र हरि शंकर तथा दिपकले गत असोज महिनामा सोही ठाउँस्थित आँपबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्