एउटै वडाले ३ जना सांसद पायो

काठमाडौं– रुकुम पुर्वको एउटै वडाले ३ जना सांसद पाएको छ । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचन बाट समानुपातिक कोटामा ३ जना महिला सांसद भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा १० नम्बर वडाका ३ जना महिलाहरुले एकैसाथ सांसद जिम्मेवारी पाएका छन् । संयोगले ३ जना नै महिला रहेका छन् ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा बाट कुसुमदेवी थापा बुदा मगर, नेकपा एमाले लुम्बिनी प्रदेश (क) बाट सारिका पुनमगर तथा माओवादी केन्द्र (क) बाट दिलकुमारी बुदा मगर चयन हुनुभएको छ ।

प्रदेशको निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवार सुरुल पुनमगर जिते सँगै करिब २३/२४ वर्षे लामो समयको अन्तराल पछि पुथा उत्तरगंगा गाउँपालिकाले एकैसाथ ४ जना सांसद प्राप्त गरेको छ ।

स्वतन्त्र उम्मेदवार पुनमगर पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडाका वासिन्दा हुनुहुन्छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्