जनमत पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं – जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्