सुदूरपश्चिमलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिन्छ : प्रदेशसभा सदस्य धामी (भिडियो)

काठमाडौँ – दार्चुला प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेससभा सदस्य विक्रम धामीले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिने बताएका छन् । बिहिबार उपहारखबरसँग कुराकानी गर्दै धामीले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिने बताएका हुन् । महाकाली र चौलानी जस्ता पवित्र नदीहरु रहेको दार्चुला मालिकार्जुनको तपोभुमी र थुप्रै देवि देवताको बासस्थान रहेको सुदूरपश्चिममा थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको उनको भनाई थियो ।

एक फरक प्रसंगमा धामीले भारतको हरिद्वार भन्दा दार्चुलाको महाकाली सयौँ गुणा पवित्र भएको खुलासा गरे । व्यास ऋषिले तपस्या गरेको ठाउँ समेत दार्चुलामा भएको उनले स्मरण गराए । दार्चुलामा मालिकार्जुन, बैतडीमा त्रिपुरा, निङ्गलासैनी, डडेल्धुरामा उग्रतारा, डोटीमा शैलेश्वरी, बाजुरामा बडीमालिका, बझाङमा सुर्मा सरोबर जस्ता धार्मिक स्थलहरुको प्रबद्र्धन गर्न सके सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्