हुनैनाथ मावि कुणीका शिक्षक नारायणदत्त मिश्र अवकास प्राप्तपछि विद्यालयमा भव्य विदाई

फोटो : लेकम-२ वडाध्यक्ष शिवराज जाेशी

काठमाडाैं – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त मिश्रको अनिवार्य अवकासपछि विद्यालयमा भव्य विदाई गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उहाँ लगाएत एक जना प्रावि शिक्षकको विदाई गरेको हो ।

लामो सयम शिक्षण पेशमा आवद्ध शिक्षक मिश्र कुशल शिक्षकको रुपमा परिचित थिए । विभिन्न विद्यालयमा प्रधानाध्यापक समेत भइसकेका शिक्षक मिश्र पछिल्लो समय हुनैनाथ मावि कुणीमा कार्यरत हुनुहुन्थ्यो ।

२०४१ भदौ २० गतेदेखि शिक्षण पेशामा लागेका शिक्षक मिश्र २०४४ साल माघ २० गते स्थायी नियुक्ति पाएर अध्यापन गराउदैँ आउनुभएको थियो । उहाँ श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातामा प्रधानाध्यापक, श्रीकृष्ण मावि बलाँच, प्रधानाध्यापक समेत भइसक्नुभएको थियो । श्री लटिनाथ माध्यमिक विद्यालय, रस्कोट, श्री गलैनाथ निम्न माध्यमिक विद्यालय, झरकडा (हालको मावि), श्री हुनैनाथ माध्यमिक विद्यालय, रातामाटामा समेत अध्यापन गराउनुभएको थियो ।

२०५३ साल प्रबल गोर्खा दक्षिण बाहु चौथा विभुषित समेत भएका शिक्षक मिश्रको जन्म २०१९ साल साउन २४ गते लेकम गाउँपालिका वडा नं. ५ सिमखेतमा भएको हो ।

यसैगरी विहिबार नै शैक्षिक अवकासप्राप्त प्रावि शिक्षक रघुनाथ जोशीको समेत विद्यालयबाट विदाई गरेको छ ।

विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीले उहाँहरुको विदाई गर्नुभएको हो । कार्यक्रममा सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बादत्त भट्ट तथा प्रमुख अतिथिको रुपमा वडा नं. २ का वडाअध्यक्ष शिवराज जोशी रहनुभएको थियो ।

यसैगरी विशिष्ट अतिथि तथा शिक्षक अभिवावक संघका अध्यक्ष पदम सिह धामि रहुनभएको थियो । उपस्थित वक्ताहरुले शिक्षक मिश्र र जोशीको शैक्षिक प्रशंसा गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का निर्वाचित सदस्यहरु द्रोपति भट्ट, हरि दत्त भट्ट , बिरेन्द्र कार्कि तथा विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्