‘अर्किड आइडल गायन प्रतियोगिता’ : फाइनल राउण्डका लागि १६ जना छनौट

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको ‘अर्किड आइडल गायन प्रतियोगिता’को फाइनल राउण्डका लागि १६ जना छनौट भएका छन् । क्वालिफाईङ राउण्डमा छनौट भएका ४८ जना विद्यार्थीहरु मध्येबाट मंगलबार भएको सेमीफाइनल राउण्डबाट फाइनल राउण्डको लागि १६ जना छनौट भएका विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए ।

संस्थापक भुजेलका अनुसार गत बिहिबारदेखि सुरुभएको ‘अर्किड आइडल गायन प्रतियोगिता’को फाइनल राउण्ड भने यहि मंसिर २३ गते हुनेछ । आज भएको सेमीफाइनल राउण्डमा गायक सुनिल केसीले जजको भुमिका निर्वाह गरेका थिए ।

अर्किड प्युपल सेकेन्डरी स्कुलले विहिबार देखि ‘अर्किड आइडल गायन प्रतियोगिता’को ८ औँ संस्करणको सुरुवात गरेको थियो ।

अर्किडले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । समय समयमा ‘अर्किड आइडल गायन प्रतियोगिता’, ‘अर्किड आइडल नृत्य प्रतियोगिता’, विभिन्न खेलकुद लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको संस्थापक भुजेलले जानकरी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्