कञ्चनपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

कैलाली – कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो । अहिलेसम्म नम्बर नखुलेको उक्त सवारी साधनको ठक्करबाट पैदलयात्री कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्