भक्तपुरमा नेमकिपाको विजय र्या‍ली आज दिनभरि

भक्तपुर – भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएकाे छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुश  निु्केकाे छ ।

जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । गोल्मढीबाट सुरू भएकाे जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ । त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएकाे छ ।

पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हाे । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ ।

भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्