बैतडी प्रदेश सभा (क) मा एमालेका सुरेन्द्र पाल विजयी

काठमाडौं  – बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका हुन् ।

विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५  मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्