दार्चुलाबाट तेस्रो पटक निर्वाचित भएका दिलेन्द्र प्रसाद बडू को हुन् ? यस्तो छ राजनीतिक इतिहास (भिडियो सहित)

File Photo

काठमाडौँ – बुवा नन्दी बडु र आमा कलशा देवी बडूको कोखबाट विक्रम संवत २०१० साल पैष २६ गते सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा जन्मिनुभएका बडू सानै देखि सामिजक व्यक्तिको रुपमा चिनिनुहुन्थो ।

पढ्नु पर्छ, शिक्षित हुनु पर्छ, समाजको सेवा नै परम सेवा हो भन्ने प्रेरणा आमा बुवाबाट पाएका नेता बडु निक्कै मेहनती र पढाइमा अब्बल हुनुहुन्थ्यो । बडूले प्राथमिक शिक्षा तथा माध्यमिक शिक्षा दार्चुलाबाटै गर्नुभयो । उहाँले स्नातकोत्तर सम्मको अध्ययन गर्नुभयो ।

उहाँले स्नात्कोत्तर तहको पढाई सकेपछि केही समय भारतमा रहेर काम गर्नुभयो । तर आफ्नो समाजको परिवर्तन र देश विकासको पहिलो खुड्किलो नै शिक्षा हो भनेर शिक्षण पेशा अंगालेर लेकमको रातामाटा क्षेत्रमा सोही क्षेत्रका शिक्षाप्रेमी, समाजसेवीहरुसँगको सहकार्यमा विद्यालयको स्थापना गर्नुभयो । उहाँले रातामाटामा शिक्षकको रुपमा काम गर्नुभयो । उहाँले जिल्ला सदरमुकाम खलंगामा समेत शिक्षकको रूपमा काम गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र क्याम्पस प्रमूख भएर शिक्षण पेशाको निरन्तरता सँगै सामाजिक कार्यहरूमा समेत उहाँ सक्रिय रहनुभयो । २०४६ सालमा देश निरंकुश पन्चायती व्यवस्था विरूद्ध जनआन्दोनमा थियो । त्रि.वि.का प्रगतीशिल र प्रजातान्त्रीक व्यक्तीहरुको समन्वय र सहकार्यमा प्राध्यापक संघमा आवद्ध भई आन्दोलनमा होमिन पुग्नुभयो दिलेन्द्र बडू । जसको फलस्वरुप आन्दोलनले सफलता पनि पायो। उहाँ कुमाउ विश्वविद्यालय, नैनितालको पीजी कलेज पिथौरागढमा नेपाली विद्यार्थी कल्याण संघको संयोजक समेत रहनुभएको थियो ।

आन्दोलनमा सकृयता सँगै समाजमा भएको विभेद, अशिक्षा, गरिबि, पछौटेपन हटाउन र आमुल परिवर्तन सहितको विकास गर्न आफैले नेतृत्व गर्नु पर्छ भन्ने चेतनाको विकास उहाँमा भयो र सकृय राजनितिमा प्रवेश गर्नुभयो । उहाँ २०४६ सालमा प्रहरीबाट गिरफ्तार समेत हुनुभयो ।

जनताको माया र विश्वासले २०४८ सालको निर्वाचनमा पहिलोपटक संसदको यात्रा तय गर्नुभएको थियो दिलेन्द्रप्रसाद बडूले । उहाँ २०४८ सालदेखि २०५१ सालसम्म आवास तथा भौतिक योजना मन्त्रालयमा सहायक मन्त्रीको रुपमा जिम्मेवारीमा रहनुभयो । राजनितिक दाउपेचका कारण २०५१ को निर्वाचनमा बडूं पराजित हुनुभयो । तर जिल्लाको विकासका लागि आवाज उठाउन छोड्नुभएन ।

उहाँलाई २०५६ सालको निर्वाचनमा जनताले पुन: निर्वाचित गराई विकासको जिम्मा दिनुभयो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी हुनुभयो । त्यसपछी २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री हुनुभयो । उहाँले क्रमश सञ्चार र वन मन्त्री भएर जिम्मेवारी बहन गर्नुभयो । त्यसबखतदेखि दार्चुलाको विकासमा निरन्तर खटीएर लागिपरेको नेता बडू दार्चुलेली जनताको मन मष्तिष्कमा बस्न सफल हुनुभयो । नेता बडू पार्टी प्रवक्ता र पार्टीका विभिन्न जिम्मेवारीमा समेत रहिसकेका छन् । नेता बडूले २०५६ मा दार्चुलाबाट निर्वाचित भएपश्चात निर्वाचित हुन सकेका थिएनन् । बडू २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लक्ष्मण जोशीसँग पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेका गणशेसिंह ठगुन्ना सँग पराजित भएका थिए । नेता बडू २०७४ सालको आम निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद पसेका थिए भने २०७९ मा भएको आम निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जीत हासिल गरेका छन् । नेता बडूले दार्च्ुलाका समस्याहरु सामाधान गर्न संसदमा जोडदार माग गर्दै आएका छन् । यस जीतले दार्चुलाको विकास हुनेमा दार्चुलेली जनता ढुक्क छन । नेता बडू २३ वर्ष पछि दार्चुलामा पुनः काँग्रेसको पुनरोदय गराउन सफल भएका छन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्