दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा उद्योग मन्त्री बडू निर्वाचित, प्रदेशमा पनि गठबन्धन

काठमाडौँ – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो मतान्तरले पराजित गरेर दार्चुलाबाट तेस्रो पटक संसदको यात्रा तय गरेका हुन् । नेता बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् भने एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशमा पनि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले जीत हासिल गरेका छन् । प्रदेश सभा–१ मा काँग्रेसका विक्रम धामी र प्रदेशसभा–२ मा माओवादीका मानबहादुर धामीले जीत हासिल गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्