कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित

कैलाली – कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन्।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा (एमाले)का प्रेमबहादुरआलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्