मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

काठमाडौं – मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

प्रदेश क्षेत्र २ मा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्