सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतमा ७३ वर्षीया वृद्धा सासुको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ बास्तोला र जैसीबीच वादविवाद भएको अनुसन्धानका क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । डिल्लिसरा बस्दै आएको घरदेखि करिब एक हजार पाँच सय मिटरको दुरीस्थित कच्ची घरमा विवाद हुँदा वास्तोलाले धकेलेपछि ढुंगामा टाउको ठोक्किदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी र बास्तोला नाताले सासू-ज्वाइँ हुन् ।-न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्