वैदेशिक रोजगार विभागका नासु ३० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ – वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेका थिए।उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीबाट स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता भण्डारीले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्