CORONA

तीन दिनमा राजधानीबाट पाँच लाख बाहिरिए

काठमाडौ – सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन् ।

कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विगत तीन दिनको तुलनामा ५ लाख बढी यात्रु बाहिरिएको अनुमान गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्