भारतमा एकैदिन ४० जनामा नयाँ संक्रमण देखियो, विरामीको संख्या २५० पुग्यो

काठमाडौं – नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ ।

भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन् ।

यस अवधिमा भारतभर २२ घण्टासम्म यात्रुवाहक रेल सन्चालन हुने छैनन् । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्