पश्चगामी कदमका विरुद्ध व्यालेटको लडाइँ हो : ओमप्रकाश पुन

चौमाला– केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा पहिले सडकको लडाइँमा रहेका गठबन्धन दल अहिले भने व्यालेटको लडाइँमा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले बताएका छन् । मंगलबार गौरीगंगाको चौमालामा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटनका क्रममा बोल्दै नेता पुनले सो कुरा बताएका हुन् ।
चुनावी लडाइँमा रहेकै बेला पनि एकतावद्ध रहेको बताउँदै उनले भने,‘पाँच दलीय गठबन्धनको शक्ति देखेर अतालिएकाहरु अपवित्र, असैद्धान्तिक जस्ता विभिन्न कुराहरु झिक्ने गरेका छन्, त्यसका पछि हाम्रा कोही नेता कार्यकर्ता लाग्नेवाला छैनन् ।’ देशलाई शंकट परेका बेला लोकतान्त्रिक र बाम शक्तिहरु एक ठाउँमा उभिने गरेको इतिहास बताउँदै उनले भने,‘पटक पटक हामी एक ठाउँमा उभिएर संविधान र देशको रक्षाका लागि अगाडि बढेका छौँ ।’ २०६२÷०६३ को जनआन्दोलनमा सात दलका मानिसहरु सडकमा आएका बेला सात जना मानिसले सात वटा झण्डा लिएर आन्दोलन गरेको इतिहास सावितै रहेको उनले बताए । उनले भने,‘बाह्र बुँदे भयो, सात दल मिल्यौँ, र सडकमा उत्रिएपछि सडकमा जनताको भेल आयो, जनआन्दोलन सफल भयो, हामीले जित्यौं ।’ जनआन्दोलनका बेला तानाशाही सरकारका विरुद्धमा लड्दै गर्दा वीरबहादुर बलायर र आफू सँगै कैलालीको जेलमा रहेको स्मरण गराउँदै नेता पुनले भने,‘आन्दोलनताका सडकमा रहेका हामीलाई सरकारले पक्रिएर कैलालीको जेलमा राखेको थियो ।’ लोकतान्त्रिक र बाम शक्ति एक भएर लड्दा सधैँ जितेको इतिहास यथावतै रहेको उनले बताए । केपी ओलीलाई रिस उठेको बेला समाजवादको संविधानलाई दुई–दुई पटक खल्र्याक खुर्लुक खान खोजेको आरोप लगाउँदै उनले भने,‘त्यो संविधान विघटन भएको भए आज देश अर्कै मोडमा जाने भएकाले त्यो पश्चगामी, प्रतिगामी कदमका विरुद्धमा आज हामी बाम र लोकतान्त्रिक शक्ति एक भएर लडिरहेका छौँ ।’ देशलाई संकट परेका बेला लड्दा अपवित्र नहुने र अहिले आफूहरुको पाँच दलीय गठबन्धनलाई अपवित्र भन्नेहरु आफूहरुको शक्ति देखेर अतालिँदै जे पायो त्यही बोलिरहेको उनले बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्