नेपाली सेनाले कोरोना संक्रमण फैलिए २ हजार ४ सय जना स्वास्थ्यकर्मी परिचालन गर्ने

नेपाली सेनाले कोरोना संक्रमण फैलिए आफुसँग भएका २ हजार ४ सय जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
सेनाका हरेक युनिटले आपतकालीन अवस्थाका लागि अभ्यास पनि थालेका छन् ।

सेनाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको ठहर गरी तयारीको स्तर बढाएको हो। फौज तथा नागरिकको उपचारका लागि सेनाले छुट्टाछुट्टै कार्ययोजना बनाइसकेको छ । कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो । सो कार्यदलले तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना तयार पारेको छ ।

एक सय ८१ जना चिकित्सकको टोलीलाई जंगी अड्डामा क्वारेन्टाइन बनाएर कोरानाको उपचार विधिका बारेमा सेनाले अभ्यास गराइसकेको छ । अरु स्वास्थ्यकर्मीलाई पनि क्रमैसँग अभ्यास गराइने भएको छ ।

सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको जोहो पनि सेनाले गरिरहेको छ । त्यस्तै, उपचारका लागि आवश्यक औषधिहरुको व्यवस्था पनि सेनाले गरिरहेको श्रोतले जनाएको छ ।

अहिले सैनिक मुख्यालयका दुई वटा गेट बन्द गरिएको छ। बाँकी गेटबाट प्रवेश गर्नेको तापक्रम नापेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ । वीरेन्द्र सैनिक अस्पतालमा बिरामीका आफन्तलाई समेत प्रवेशमा कडाइ गर्न थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्