बारा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, २० बढी जना घाइते

FILE PHOTO

मकवानपुर – बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी अस्पताल ल्याइएको थियो । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक सबैको सनाखत हुन बाँकी छ । दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्