दुई हप्तापछि मणिकाधाम टोलमा विद्युत सेवा सूचारू, अवरुद्ध बेल्डाँडी-मणिकाधाम सडक समेत सञ्चालन

काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को मणिकाधाम पुन: विद्युत सेवासँग जोडिएको छ । विद्युत अवरुद्ध भएको करिब दुई हप्तापछि विद्यत सूचारू भएको हो ।  भदौ ३१ गते आएको भीषण बर्षाका कारण विद्युत पोल तथा ट्रान्समिटर बगाउदा विद्युत सेवा अवरुद्ध भएको हो ।
वडा अध्यक्ष बहादुर सिँह महरा लगायत स्थानीयको सक्रियतामा विद्युत सेवा सूचारू भएको हो । बर्षाका कारण अवरुद्ध भएपनि त्यसलाई पहिलो प्राथमिकता राखि काम गरेको र दुईहप्तापछि पुन: विद्युत सेवासँग जोड्न सफल भएका हौँ अध्य महराले भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखाको सहयोगमा वडा कार्यालयको पहलमा विद्युत सेवा सूचारू भएकोमा अध्यक्ष महराले सम्पूर्ण टीमलाइ धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै अविरल बर्षाका कारण स्थानीय नदी तथा खोलामा आएको उच्च बहावका कारण नदी कटानका कारण बेल्डाँडी-मणिकाधाम सडक साेत अवरुद्ध भएको थियो । ठाउँ-ठाँउमा भएको अवरुद्ध सडक समेत सूचारू गरिएको छ । सडक सूचारू भएसँगै मणिकाधाम टोल-बेल्डाँडी क्षेत्रमा आवतजावत गर्न सहज भएको छ ।
मणिकाधाम विकट मानिने ठाउँ भएपनि पछिल्लो समय पूर्वाधार विकासले फड्को मारेसँगै सुगम क्षेत्रको रूपमा लिन सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्