मिश्रलाई शुभकामना दिदै आचार्यले भने – ‘रवीन्द्र मिश्र संसदमा पुग्दा देशको भलो हुन्छ’

काठमाडौँ – पूर्वाधार विज्ञ एवं राजनीतिक विश्लेषक सुर्यराज आचर्यले रवीन्द्र मिश्र संसदमा पुग्दा देशको भलो हुने बताएका छन् ।

आचार्यले शुक्रबार बेलुका सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् । आचार्यले रवीन्द्र मिश्रका पनि अरु मानिसका जस्तै सबल र कमजोर पक्ष रहेको बताएका छन् । साझा पार्टीको संस्थापक नेता समेत रहेका आचार्यले मिश्र सँगको मतभेदका काराण आफु पार्टीबाट अलग भएको समेत बताएका छन् । ‘आम मानिसका जस्तै रवीन्द्र मिश्रका सबल–कमजोर पक्ष छन्। राजनीतिक विचार÷कार्यशैलीको बारेमा त उहाँसंगको मेरो मतभेदले गर्दा आफै संस्थापक नेता रहेको साझा पार्टीबाट अलग भएको थिएँ।’ आचार्यले लेखेका छन् ।, ‘तथापी चरम भ्रष्टाचार र राज्यदोहनको अहिलेको राजनीतिक परिवेशमा रवीन्द्र मिश्र संसदमा पुग्दा देशको भलो नै हुन्छ जस्तो लाग्छ । उहाँलाई काठमाडौं–१ बाट विजयको शुभकामना!’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्