निर्वाचन प्रणलीमा ‘राइट टु रिकल’को व्यवस्था हुनुपर्छ : डा. बस्नेत

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. ज्ञान बस्नेतले निर्वाचन प्रणालीमा व्यापस सुधार ल्याउनुपर्ने बताएका छन् ।

उपहारखबरसँग कुराकानी गर्दै डा. बस्नेतले नेपालको निर्वाचन प्रणालीमा भएको समानुपातिक प्रणालीलाई खारेजी गरी र ‘राइट टु रिकल’को व्यवस्था गर्नु पर्ने बताएका छन् । डा. बस्नेत कानुनका ज्ञाता मानिन्छन् । उनले बेलायको प्रसिद्ध विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन् । डा. बस्नेतले लामो समय मानव अधिकारको क्षेत्रमा समेत काम गरेका छन् । काठमाडौँ क्षेत्र नं. ९ नमा बस्नेतले चुनावी अभियान थालेका छन् । उनले घरदैलो अभियान थालेसँगै उत्साहित भएका छन् । घरदैलो अभियानका क्रममा मतदाताहरुले दिएको प्रतिक्रियाले आफ्नो जित सुनिश्चित भएको डा. बस्नेतले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्