प्रशासनलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा

जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर बजारमा हिँडेको देखेपछि भारतीय प्रहरी दैलेखमा पुगेको थाहा भएको हो ।
स्थानीय देवकोटाचोक प्रहरीको अगाडि पोसाकसहित भारतीय प्रहरी देखेपछि स्थानीयले विरोध गरेपछि जिल्ला प्रहरीले उनीहरूलाई सोधपुछका लागि कार्यालयमा लिएको थियो । भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ । उनीहरूले आज विहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरू दैलेख आएको जानकारी गराएका थिए । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीनजना प्रहरीसहित चारजनाको टोली दैलेख आएको हो ।
भारतको हरियाका प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजना टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख निरीक्षक नैनबहादुर सावदले जानकारी दिनुभयो । भारतमा काम गर्दै आएका दैलेखका एक युवकले काम गर्ने घरमा विष सेवन गराएर २५ लाख रुपिँया लुटेर फरार भएको निवेदन प्रहरीमा परेपछि त्यसको अनुसन्धानका लागि आफूहरू आएको दैलेख प्रहरीलाई जानकारी गराएका छन् । उनीहरुको युवाको वास्तविक ठेगाना खोज्न दैलेखमा आएको निमित्त प्रहरी प्रमुख निरीक्षक नैनबहादुर सावदले बताउनुभयो, ‘अनुसन्धान गर्न जाँदा पोसाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोसाकमा हिँड्न भनेका छौं प्रहरी निरीक्षक सावदले उनीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको होइन सोधपुछका लागि सम्पर्कमा ल्याएका छौं । उनीहरु युवाको ठेगाना पत्ता लगाएर फर्किने र पुनः अनुसन्धानका लागि दैलेख आउने जानकारी दिएका छन् ।’

 

गाेरखापत्र अनलाइनकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्