दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, ८ जनाले हाम फालेर सामान्य घाइते

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ बर्षीय दिनेश धामी रहेका छन् ।

म १ ज २३३ यात्रुवाहक बाेलेराे जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिँह ठेकरेले बताउनुभयो । जीपमा ९ जना सवार रहेका थिए । जीपबाट ८ जनाले हाम फालेर सकुशल बाँच्न सफल भएका छन्।  उनीहरूलाई सामान्य चोट लागेको छ ।

दुर्घटना भएको ठाउँमा ठुलो भीर रहेको छ । अझै विस्तृत विवरण भने आएको छैन ।  फाईल तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्