राष्ट्रिय बहिरा महासंघ नेपालले साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाउँदै (विज्ञप्ति सहित)

काठमाडौँ – राष्ट्रिय बहिरा महासंघ नेपालले “साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” भन्ने नारा सहित साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाउँदै छ ।
महासंघले बिहिबार एक विज्ञप्ति जारी गर्दै ‘बहिरा व्यक्तिहरुको पहिलो भाषाको रुपमा रहेको साङ्केतिक भाषाको विकास, बिस्तार एवं प्रवर्धनको निकै महत्व रहेको छ । ’ विज्ञप्तिमा भनिएको छ, ‘बहिरा व्यक्तिहरुको क्षमता विकास, शसक्तिकरण तथा अन्य व्यक्ति सरह सबल बनाउन उनीहरुको पहिलो शर्त नै साङ्केतिक भाषा हो तसर्थ, यस वर्ष राष्ट्रिय बहिरा महासंघले सेप्टेम्बर २३ गतेका दिन सुन्धारा, काठमाडौँ स्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्