राष्ट्रपतिले संविधान उल्लघन गरेको देख्ने कार्यकर्ता दलहरूले पटक पटक संविधान कुल्चिएको किन देख्दैनन् ? : पाठक

विवेकशील साझाका पूर्व प्रवक्ता तथा नेता शरदराज पाठकले राष्ट्रपतिले संविधान उल्लघन गरेको देख्दा दलहरूले पटक पटक संविधान कुल्चिएको जनताले देखेको छैन ? भनेर प्रश्न गरेका छन् । नेता पाठकले नेताले संविधान उल्लघन गर्दा नदेख्ने कार्यकर्ताहरुले राष्ट्रपतिले संविधान उल्लघन गरेको कसरी देखे भनेर प्रश्न गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीतक वृत्तमा चासो बढेको छ । यसै सन्दर्भमा नेता पाठकले राष्ट्रपतिले संविधान उल्लघन नगरेको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘हो, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचिन् ।, तर सामान्य अवस्थामा उनै राष्ट्रपतिप्रति तिब्र आलोचनात्मक दृष्टिकोण राख्ने आम नागरिकको ठूलो तप्काले संविधान मिचिएको यो घटनामा चाहिँ किन खुशी र सन्तोष व्यक्त गरिरहेको छ? कुरोको चुरो त्यहीँ छ ।’
नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएको नेता पाठकको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्