चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा !

काठमाडौं – चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डा पुगेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा उपस्थित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्