नेप्से लगातार ३ दिनदेखि ओरालो

काठमाडाैं – नेप्से लगातार ३ दिनदेखि ओरालो लागेको छ। बैंकहरुले ब्याजदर बढाएपछि नेप्सेको यात्रा ‌ओरालोमा झरेको हो । डेढ सय अंकभन्दा धेरैको गिरावट देखिएको छ। मंगलबारमात्रै नेप्से सूचक ३८.८१ अंकले घटेर १८३७.६१ विन्दुमा झरेको छ। भदौं ३० गते नेप्से सूचक १९८९ विन्दुसम्म पुगेको थियो। सो पश्चात लगातार ४ दिन नेप्से सूचक उच्च अंकले घटेको छ।

मंगलबार कारोबार रकम पनि १ अर्ब रुपैयाँभन्दा माथि नै देखिन्छ। मंगलबार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर कारोबार भएको छ। मंगलबार स्वाभिमान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको २ प्रतिशत, तेह्रथुम पावरको २ प्रतिशत र सिभिल लघुवित्तको १.३८ प्रतिशतले घटेको छ।

यता कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने बरुण हाइड्रोपावरको ८.१९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.९४ प्रतिशत र समृद्धि फाइनान्सको ६.७२ प्रतिचशतले घटेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्