वाइसीएलको सुदूरपश्चिम संयोजकमा नरबहादुर, केन्द्रीय समितिमा दार्चुलाबाट विष्ट र बम चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको भातृ संगठन वाईसीएलको केन्द्रीय सदस्यमा दार्चुलाबाट २ जना चयन भएका छन् ।
शनिबार वाइसीएल केन्द्रीय कमिटिले दार्चुलाका सुन्दर विष्ट र सुरेन्द्र बमलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । विष्ट र विष्ट लामो समय देखि माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रन्तिकार) मा रहेका थिए । विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका दुवैजनालाई केन्द्रीय समितिमा मनोनित गरेको हो । यस्तै वाइसीएलको सुदूरपश्चिम संयोकमा नर बहादुर विष्ट चयन भएका छन् । विष्ट पनि लामो समयदेखि विद्यार्थी राजनीति गरेका नेता हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्