जबरा फर्कने तयारी गरेपछि सर्वोच्चमा सुरक्षाकर्मी परिचालन

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमित काममा फर्कने जनाउ दिएपछि सर्वोच्च अदालत प्रवेशद्वारमा बाक्लो गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई दिनुभएको थियो ।

कानून व्यवसायीहरु भने महाअभियोग फुकुवा नभएको भन्दै जबरालाई रोक्न ठूलो संख्यामा सर्वोच्चमा उपस्थित भएका छन् ।

९८ सांसदले गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्