दार्चुलाको लटिनाथ नमुना मावि चौपाता, देशभरीकै उत्कृष्ट १०औँ नम्बरमा (भिडियो)

काठमाडौँ – दार्चुलाको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १०औँ नम्बरमा परेको छ । लेकम गाउँपालिका वडा नम्बर –५ मा अवस्थित यो विद्यालय ६० जिल्लाका ४ हजार ८ सय ६७ विद्यालयहरुमध्ये उत्कृष्ट १० मा परेको प्रधानाध्यापक केशवराज बिष्टले बताउनुभयो ।
शिक्षा मन्त्रालय अन्तर्गतको गुणस्तर प्रशिक्षण केन्द्रले विद्यालयहरुको विभिन्न मापदण्डका आधारमा गरेको परीक्षणमा लटिनाथ मावि उत्कृष्ट १० मा परेको हो । करिब ११ सय जना अध्ययनरत यस विद्यालयमा कृिष डिप्लोमा बालि विज्ञान, कृषि डिप्लोमा पशु विज्ञान, डिप्लोमा इन फरेष्टि, प्री डिप्लोमा विज्ञान र पशु विज्ञानको पढाई हुने गरेको छ । यसका साथै यस विद्यालयमा अध्ययन गरेका सात जना विद्यार्थीहरु एकैचोटी लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ्य प्राविधिक (पाचौं तह)को लिखित परिक्षामा एकै पटक यस विद्यालयमा अध्ययन गरेका सात जना उत्तीर्ण भएका हुन् । विद्यालयमा पशु विज्ञान तर्फ डिप्लोमा गरेका विद्यार्थीहरु आयोगको लिखित परीक्षमा उत्तीर्ण भएका विद्यालयले जनाएको छ । दार्चुलाको दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको लटिनाथ माविले गुणस्तरीय शिक्षा दिइरहेको प्रधानाध्यापक बिष्टको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्