श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३६ हजार ८५९ जनाले शेयर प्राप्त गरे

काठमाडाैं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन्।
आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्