सरकारका तर्फबाट राहत र उद्दारका लागि आवश्यक पहल शुरू भइसकेको छ : मन्त्री बडु

File Photo

दार्चुला- दार्चुलामा गएरातीदेखि आएको अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्ला प्रभावित भएको छ । दार्चुलाको महाकाली नगरपालिका स्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदि किनारमा ठूलै जनधनको क्षति भएको अवस्था छ । नेपाल सरकारका तर्फबाट राहत र उद्दारका लागि आवश्यक पहल शुरू भइसकेको सुरक्षित रहन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गर्नुभएको छ ।
उद्दार तथा राहतकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला स्थित प्रशासन लगायत तत् तत् निकायलाई निर्देशन भईसकेकोले प्रभावित क्षेत्रका सम्पूर्णलाई हतास नभई सुरक्षित रहन समेत मन्त्री बडुले आग्रह गर्नुभएको छ ।
साथै मन्त्री बडुले स्वस्फूर्त रुपमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण स्थानीय नेता, कार्यकर्ता तथा भातृ संघ–संस्थाहरुलाई समेत हार्दिक आग्रह समेत गर्नुभएको छ ।

अविरल वर्षासँगै दार्चुलामा आएको बाढीले जनधनको क्षति गरेपछि मन्त्री बडू उद्धार र राहतका लागि गृहजिल्ला दार्चुला प्रस्थान गरेका छन् । मन्त्री बडू शनिबार विहान गृह जिल्ला प्रस्थान गरेको उनका प्रमुख स्वकीय सचिव केशर भण्डारीले जानकारी दिए । स्वकीय सचिव भण्डारीका अनुसार दार्चुलामा बाढी आएको खबर प्राप्त हुना साथ उद्योग मन्त्री बडू र गृहमन्त्री बालकृष्ण खाणको आकष्मिक बैठक बसी प्रधानमन्त्री देउवाको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि पठाएको हो ।

नेपाली सेनाको हेहिकप्टर दार्चुला पुगिसेको भण्डारीले बताए । घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर दार्चुला पुगेको हो । घाइतेहरुको प्रकृति हेरेर उपचारका लागि धनगढी–नेपालगञ्ज र काठमाडौ ल्याइने भण्डारीको भनाई छ । घाइतेहरुलाई धनगढी ल्याएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्योगमन्त्री बडू राहत सहित दार्चुला जाने स्वकीय सचिव भण्डारीले बताए । दार्चुला सदरमुकामको लास्कुखोलामा गएराति बाढी आएको हो । बाढीले २ दर्जन बढी घरमा क्षती पुर्याएको छ भने नौगाड र लास्कु खोलामा आएको बाढीले ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ, भने १० जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साह रहेका छन् ।

बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनबढी सवारी साधन समेत बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्