दार्चुलामा आएको बाढीले गर्दा महाकाली नदी थुनियो, जोखिम बढ्यो

दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न माग भइरहेको छ । नदी थुनिएपछि दुहुँ र व्याँस क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो समेत बन्द भएको छ ।

दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भइसकेको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गम्भीर घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

दार्चुला सदरमुकाममा आएको भीषण बाढीमा ११ जना बेपत्ता

दार्चुला सदरमुकाममा भीषण बाढी, बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी

दार्चुलामा भीषण बाढी : उद्धार र राहतका लागि उद्योग मन्त्री बडू गृहजिल्ला प्रस्थान

अपडेट : दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो उपहार खबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्