दार्चुला सदरमुकाममा आएको भीषण बाढीमा ११ जना बेपत्ता

तस्विर : समाजिक सञ्जाल

दार्चुला – गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

बाढीका कारण करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्