गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र : देउवा

File Photo

चितवन– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र भएको आरोप लगाएका छन्।

१०९औं बीपी जयन्तीको अवसरमा चितवनमा बोल्दै उनले गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको समेत बताए। ’गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो,’ उनले भने। गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको स्मरण गराए। ओली हटाउनका गठबन्धन गरिएको त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाई थियो।

उनले थपे– ‘पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन्। भोलि पनि हुन्छन्।’ गठबन्धन नहुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको समेत उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्