दार्चुलामा गठबन्धन हुने निश्चित

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा गठबन्धन हुने नहुने कुनै निर्णय भएको छैन । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने भन्दै सिट बाँडफाड गरिरहेका छन् । शीर्ष नेतृत्वले अबको २–३ दिन भित्रै गठबन्धनको टुंगो लगाउने नेताहरुले बताएका छन् । यसै सन्दर्भमा दार्चुलामा गठबन्धन हुने नहुने कुरा पार्टीको निर्णयमा भर पर्ने नेकपा माओवादी केन्द्रका नेता लक्ष्मण जोशीले बताए । जोशीका अनुसार पार्टीले गठबन्धन गरेमा दार्चुलामा पनि गठबन्धन हुनेछ । ‘पार्टीको शीर्ष नेतृत्वले गठबन्धन गर्ने भनेपछि दार्चुलामा नहुने भन्ने छैन,’ नेता जोशीले उपहारखबरसँग भने, ‘देशभरी गठबन्धन गरेर निर्वाचनमा जाने कुरा शीर्ष नेतृत्वले गरेपछि दार्चुलामा पनि त्यहि हुन्छ ।’ पार्टीको निर्देशन अनुसार प्रतिनिधसभा र प्रदेश सभाका लागि उम्मेदवारहरु सिफारिस गरिएको जोशीको भनाई छ । उम्मेदवार सिफारिस भए पनि गठबन्धन हुँदा जुन क्षेत्रमा जुन पार्टीको उम्मेदवार भए पनि गठबन्धनले जिताउनु पर्ने उनको तर्क छ । जोशी माओवादी दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको एकल उम्मेदवार सिफारिस भएका छन् ।

यता नेपाली काँग्रेसले पनि दार्चुलामा गठबन्धन हुने बताएको छ । गठबन्धन गर्दा कुनै कार्यकर्ता र कुनै पार्टीको चित्त नदुखाउने गरि गठबन्धन गरिने काँग्रेस दार्चुलाका एक नेताले बताए । ती नेताका अनुसार गठबन्धन भएमा एक प्रदेश र प्रतिनिधिसभाको लागि काँग्रेसले स्वभाविक रुपमा दाबी गर्नेछ । एक प्रदेश माओवादीको भागमा पर्नेछ । दार्चुलामा सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरुको प्रभाव त्यति देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्