दार्चुलामा डेंगुबाट ५ वर्षिया बालिकाको मृत्यु

दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ की ५ वर्षीया उषा धामीको डेंगुका कारण मृत्यु भएको हो ।

बालिका २१ गते दिउसो तिर शंकरपुर स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन् । यसअघि उनी भाद्र २० गते जिल्ला अस्पताल दार्चुलामा समेत उपचारका लागि भर्ना भएको शंकरपुर स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीका मेडिकल अधिकृत निराजन बोहराका अनुसार अनुसार जिल्ला अस्पताल दार्चुलामा उनमा डेङ्गु र स्क्रब टाइफस सक्रमण देखिएको बताइएको छ । अस्पतालका डाक्टरहरुले बालिकामा डेङ्गु र स्क्रब टाइफस देखिएपछि अस्पतालमै भर्ना गरेर उपचार गराउन आग्रह गरेपनि उनको अभिभावकले नमानेपछि घर गएको बुझिएको छ ।

आफन्तहरुले अन्य ठुलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज विहान ५ बजेतिर उनको ज्यान गएको स्वास्थ्य चौकीले जनाएको छ । पछिल्लो समय देशभरी नै डेंगुको प्रकोप फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्