कोरोना भाइरस विरुद्ध लड्न सार्क देशले ‘कोभिड–१९’ आपत्कालीन कोष बनाउने

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ’कोभिड–१९’ आपत्कालीन कोष बनाउने भएका छन् । आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो । उहाँले कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरे ।

यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताउनुभयाे। उहाँले कोरोनासँग लड्न भारतले र्‍यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताउनुभयाे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भित्रिन नदिन ठूलो तयारी गरेको बताउनुभएको छ ।

कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन सार्क देशका प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले नेपालमा पनि जुनसुकै बेला कोरोना भित्रिन सक्ने जोखिमलाई ध्यान दिएर रोकथामको तयारी तीव्र बनाइएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्