महाकाली नगरपालिकामा ‘सेवाग्राहीलाई कर्मचारीले आफैबाट नमस्कार गर्ने’ अभियानको सुरुवात

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकाले अब देखि ‘सेवागा्रहीलाई कर्मचारीले आफैबाट नमस्कार गर्ने’ अभियानको सुरुवात गरेको छ । १९ औँ निजामति दिवसको अवसरमा नगरपालिकाले आजबाट कार्यालयमा आएका सेवाग्राहीलाई कर्मचारीहरुले आफैबाट नमस्कार गर्ने अभियानको सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए ।

साथै नगरपालिकाले दिवसको अवसरमा वर्षभरी जनसेवामा खटिने सबै कर्मचारीलाई धन्यवाद तथा बधाई दिएको छ । दिवसको अवसरमा ७ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले योजना अधिकृत युवराज जोशी, एमआइएस अपरेटर धन राज भट्ट, अहेव हरीकृष्ण जोशी, वडा सचिव दीपक प्रसाद अवस्थी, नगरबस चालक भूपाल सिंह धामी, कार्यालय सहयोगी दिपेन्द्र सिंह कँुवर र कुचिकार लालमती कुमारीलाई सम्मानित गरिएको प्रमुख प्रशासनकीय अधिकृत ठगुन्नाले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्