नुवाकोटको मनकामना स्वास्थ्य चौकीमा निशुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न, १९५ जना ले सेवा लिए

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ । आइतबार मनकामना स्वास्थ्य चौकीमा जम्मा १९५ जना बिरामीले सेवा लिएका छन् भने १२ जना मोतीबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएको जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । निशुल्क आँखा शिविर बाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही भाद्र २३ र २४ गते यस जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा निशुल्क शल्यक्रिया गरिने छ । निशुल्क आँखा शिविरको समन्वय किस्पाङ गाउँपालिकाले गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्