कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समिति सदस्यमा पुनः खड्का नियुक्त

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको सदस्यमा अमृत खड्का नियुक्त भएका छन् । निजी तथा आवशीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठकामाडौँका सचिव, फिजमका अध्यक्ष तथा भिमेश्वर एकेडमीका संस्थापक प्रिन्सिपल अमृत खड्का कागेश्वरी मनोहरा नगरपालिकाको दास्रो कार्यकालको लागि पनः शिक्षा समिति सदस्यमा नियुक्त भएका हुन् । शिक्षा समितिमा रहेर खड्काले कागेश्वरी मनोहरा नगरमा शिक्षाको समुन्त विकास र समृद्धिको लागि महत्वपूर्ण भुमिका निभाएका थिए । खड्का झण्डै ३ दशक देखि शिक्षा क्षेत्रमा कार्यरत छन् । खड्का यस अघि पनि कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको सदस्य थिए ।
संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सरकारले विशेष गरी विभिन्न कार्य गर्ने सन्दर्भमा शिक्षा र सामाजिक क्षेत्रको समग्र विकास र सम्वृद्धिको लागि स्थानीय तहमा शिक्षा समिति गठन गरी स्थानीय तहमा शिक्षाको समग्र पक्षलाई सुधारको निम्ति कार्य अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्