जनताको सेवामा कागेश्वरी मनोहरा नगरका जनप्रतिनिधिका १ सय दिन, के–के काम भए ? (भिडियो)

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनको कार्यहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक सय दिनको अवधिमा गरिएका कामहरुको विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको नगर प्रमुुख उपेन्द्र कार्कीले उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा अध्यक्षहरु, कर्मचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त कामहरु सार्वजनिक गरेका हुन् । जसअनुसार नगरपालिकाले नगर शिक्षा ऐन २०७५ को संशोधन गरेको, एक शिक्षक एक ल्याप कार्यक्रम अन्तरगत २०९ जना शिक्षकलाई ल्यापटप वितरण, संस्थागत विद्यालयको दर्ता र नविकरण शुल्कमा लाग्ने साविक रकममा २५ प्रतिशत घटाइएको कुरा नगर प्रमुख कार्कीले जानकारी दिए । यस्तै स्वास्थ्य क्षेत्रमा मुलपानी नगर अस्पतालको सेवा विस्तार तथा प्रभावकारी बनाउन थप जनशक्तिको व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । मुलपानी नगर अस्पताललाई १५ शैय्याको अस्पताल भवन निर्माणको लागि २० करोड रकम संघीय सरकारबाट विनियोजन भई जग्गा लिज प्रक्रिया अगाडी बढाइएको मेयर कार्कीले बताए । यस्तै खानैपानी, शहरी विकास, विपद् व्यवस्थापनका क्षेत्रमा थुप्रै कामहरु भएको मेयर कार्कीको दाबी छ ।

फोहरमैला व्यवस्थपानलाई पनि नगरपालिकाले विशेष महत्वका साथ हेरको छ । फोहरमैलालाई व्यवस्थित बनाउन श्रोतमा नै वर्गिकरणको कार्य अघि बढाउने एवं उपयुक्त प्रविधि प्रयोगगरी नगरको फोहर नगरभित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाइएको मेयर कार्कीको भनाई छ । यस्तै उद्यमशीलता तथा क्षमता विकास, खेलकुद पर्यटन प्रवद्र्धन, सुशासन, उज्यालो नगर, सुरक्षित नगरको परिकल्पना सहित विभिन्न योजनाहरु यस अवधिमा अघि बढाइएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक, भौतिक पूर्वाधार तथा विभिन्न योजनाहरु र कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ जनप्रतिनिधिहरुले १ सय दिनमा गरेका कार्यहरु प्रस्तुत गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्