जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन

File Photo

जुम्ला – यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको छ ।

अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।

अहिले स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको कृषकहरुले बताएका छन् ।

कृषि विकास कार्यालय, जुम्लाका कृषि प्रवद्र्धन अधिकृत ट्रमबहादुर शाहीले जुम्लाभन्दा बाहिरका व्यापारी आएर स्याउ खरिद गरिरहेको जानकारी दिए । कृषि विकास कार्यालयले स्याउको मूल्य नतोकेकाले किसानसँग आपसी समझदारी किनेर लैजाने गरेको बताए ।

खासगरी बजारमा अहिले ग्रेड ‘सी’ लेभलको स्याउप्रति केजी ४० रुपियाँ र ‘ए’ ग्रेडको स्याउ प्रतिकेजी ६० रुपियाँभन्दामाथि बिक्री भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्