सात वर्षअघि प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ

फाइल फाेटाे

सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।
संसद भवनको शौचालयमा प्रवेश गरेका उहाँको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
यद्यपि, यो विगतको घटनासँग सम्बन्धित छैन । कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए ।
बाग्लुङका कुँवर त्यतिबेला वैद्य माओवादीसँग आबद्ध थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्