८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौं – सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए।

जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

उनले भने, “कोभिङ(१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधार हुदै लयमा फिर्ता हुने क्रममा रहेको छ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि प्रि बुकिङ पनि राम्रो नै रहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्