महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना

काठमाडौँ – बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको हो ।

पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

तस्विर : दिनेशखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्