सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ । आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ । सुदूरपश्चिमको मुख्य पर्व गौरा बिहिबारबाट विधिवत रुपमा सुरु भएको छ । आज गौरा पर्वको दोस्रो दिन विरुडा धोएर मनाइदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्