तिम्रो जन्मदिन : हामी दुइले देखेको सपना

२०६३ साल भदौ १४ गते राती विहानी झिसमिसे उज्यालोसँगै गौरा पर्वको दिन प्यारी छोरी हाम्रा लागि ल्याइदिएर खुशीको महासागर, हर्षको अग्लो हिमालय, वात्सल्यको विशाल गङ्गा, तिमीले साँच्चिकै चमत्कार गरेकी हौ। हामीले खोज्ने गरेको-
गुलाबको रंग,नौनीको कोमलता,जूनको शीतलता,
प्रभाकरको प्रभा, संगीतको माधुरता
र प्रकृतिको सौन्दर्य
भेटेका हौँ।तिम्रै मुहारको रंगमा हातहरुको स्पर्शमा,आँखाहरुको गहिराइमा, ओठहरुको मुस्कानमा
दिव्य आलापमा अनि तिम्रो जीवनको अस्तीत्वमा हामी वुवा अामालाई राजा-रानी बनेर राजकुमारीलाई खेलाउने
हामी दुइले देखेको सपना
तिम्रो आगमन पछी सत्य बनेको हो
र त्यही दिन हाम्रा मुटुहरु
राजमहल बनेका हुन्।त्यही दिन देखि तिम्रो निश्चल हँसाइको ओखतीले निको भएका छन् अभावका घाउहरु बिलाएका छन् समयले दिएका चोटहरु
संजीवनी पाएका छन्।मुर्छित् सपनाहरुले र आफ्नो बाटो पाएको छ जीवनले !अचेल समयपनि
तिम्रा कदमहरुमा शरणार्थी बनेको छ तिमि बिउझिएसंगै उसको पनि प्रभात हुन्छ,तिमीलाई भोक लाग्ने बित्तिकै उ पनि रुन थाल्छ
तिमीले खेल्ने बित्तिकै उसलाई खेलौना पनि चाहिन्छ,
तिमीलाई नुहाउन ठिक्क पारेको पानीमा उ पौडी खेल्न तम्सन्छ
तिमीले खेल्ने बगैँचामा उ सुटुक्क पस्छ र तिम्रोसंग खेल्न पाएको मा मख्ख पर्छ।तिमीलाई निद्रा परेपछि मात्र उसले पनि एकछिन विश्राम पाउछ !जब तिमी बामे सरेर हामीतिर आउँछ्यौ महादेवको डमरु,
श्रीकृष्णको मुरली ,सरस्वतीको वीणा,तिम्रा सुन्दर कदमहरुमा झंकार भर्छन् र त्यो हाम्रो हृदयसम्म आइपुग्छ।वेदका ऋचाहरुजस्तै मधुर तिम्रो तोतेबोलीको
यथार्थ नबुझेपनि हामीलाई प्राप्त भएको हुन्छ।ईश्वरीय आशिर्वाद र जीवनको अमृत समय स्वयम व्यथित रहेको अहिलेको वर्तमानमा
तिमीले दिएको अमूल्य सुखप्रति
हामीसंगै अनुग्रहित छन् यो धर्ती र आकास पनि !प्यारी छोरी,
जीवनलाई जीवन्त बनाउने
तिम्रा संगीत, नृत्य र गायन
तिम्रा मुस्कान र प्रत्येक कला
तिम्रा पाईला संगै समृद्ध हुदै जाउन,
घाम र जूनको यो प्रकृतिले
तिम्रो जीवनमा रंग भरिरहोस !
हजुर आमा र हामी आमाबुबा र समस्त ज्योतिषी परिवारको
हाम्री छोरीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !

 

प्रेम जोशी ‘सागर’

शैल्यशिखर न.पा. ८ झरकडा, दार्चुला।

हाल : डोटी दिपायल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्